Suvadin, Home

Cover Image

सीमा सुरक्षामा सेना राख्‍न माग 

काठमाडौं । नेपाल–भारत क्षेत्रमा सीमा मिचिएको विषय बारम्बार उठिरहेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले सीमानाकामा सेना राखेर सुरक्षा दिनुपर्ने प्रस्ताव गरेकी छन् । 

संघीय संसद् राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले यस्तो प्रस्ताव राखेकी हुन् । सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने काम बढाउँदै लगेको भन्दै सबै नाका बन्द गर्नुपर्ने र सीमा सुरक्षामा नेपाली सेना राख्नुपर्ने तर्क गरेकी हुन् ।

समिति बैठकमा उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने उनको तर्क छ । 

प्रमुख प्रतिपक्षी कांग्रेस सांसद देवेन्द्रराज कँडलले भने नेपाल–भारत सीमा नाका बन्द गर्ने सत्तारूढ नेकपा सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए । उनले भौगोलिक रूपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै ‘बरु, भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता’ औंल्याए ।
 


 

More form the Internet

loading...