Suvadin, Home

Cover Image

दिल्लीको धार्मिक सभामा सहभागी १३ नेपाली नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवीलाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई प्रहरीले पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो।

गाऊँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताएकी छन्।

स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए।

यसरी पक्राउ पर्नेहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुई जना मौलवी रहेका छन्।

हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ सिद्धार्थ माध्यामिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ। उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ।

यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए-नगएको अनुसन्धान गर्ने जनाएको छ।


 

More form the Internet

loading...