Suvadin, Home

वुहानबाट शनिबार नेपाली ल्याइँदै तर अझै चीनले दिएन अनुमति

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ ।

कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार  नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो आह्वान गरेको हो ।

त्यसका लागि तयारी अवस्थामा रहन नेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार  हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्न आवश्यक सवारीसाधन लगायतको व्यवस्थापन भइरहेको छ ।

यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ पठाउने तय भइसकेको छ ।

तर चिनियाँ नागरिक उड्डययन निकायबाट अझै उडान अनुमति आइनसकको चीनस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपी अरु दुई दिन भित्र अनुमति आइसक्ने दूतावासको विश्वास छ ।

स्वदेश फर्किने नेपालीहरुले भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारन्टीनस्थलमा कम्तिमा १५ दिन बिताउनुपर्नेछ ।

क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ भने आफन्तसँग  भेटघाट गर्न दिइने छैन।

स्वास्थ्य मन्त्रालयले क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको व्यवस्था गरेको छ ।

लगभग ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।


 

More form the Internet

loading...