Suvadin, Home

मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीना ठाकुर र मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको थियो।

विराटनगर, ११ भदौ – प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीना ठाकुर र मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ स्थित बाबा सिनेमा हल नजिकैबाट भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडासहित निजलाई पक्राउ गरिएको हो।


 

More form the Internet

loading...