Suvadin, Home

प्रहरीमा जागिरको प्रलोभनमा लाखौं असुल्ने पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङबाट पक्राउ परेकी छन्।
नेपाल प्रहरीकाे लाेगाे।

दाङ,  कात्तिक २४– प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङबाट पक्राउ परेकी छन्।

रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्दै आएकी  जानकी वलीलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिइन्।

दङ्गीशरण गाउँपालिका–७ की अनिता योगी र सोही ठाउँका  विजयराज विकबाट प्रतिव्यक्ति एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताइन्।

वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...