Suvadin, Home

नयाँ दिल्लीमा बाक्लो हुस्सु, रेलसेवा अवरुद्ध

बुधबार बिहान कम्तीमा ३० वटा रेलको सेवा अवरुद्ध भएको भारतीय रेलवे विभागका अधिकारीहरुले जनाएका छन्। बिहान सबेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्ह मात्र सेवा शुरू गरेका छन्।

नयाँ दिल्ली, १२ पुस – भारतकाे राजधानी नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार रेलसेवा अवरुद्ध भएको छ। 

भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सु भारी मात्रामा बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको हाे।

बुधबार बिहान कम्तीमा ३० वटा रेलको सेवा अवरुद्ध भएको भारतीय रेलवे विभागका अधिकारीहरुले जनाएका छन्। बिहान सबेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्ह मात्र सेवा शुरू गरेका छन्।

त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ। बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन्।

नयाँ दिल्लीका कयौं स्थानमा वायु प्रदुषणको मात्रा पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ। 

साथै उक्त विभागले बुधबार दिउसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको पनि छ।


 

More form the Internet

loading...