Suvadin, Home

चार जनालाई बरिष्ठ पत्रकार सम्मान

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना मन्त्रालयले आइतवार मदनमणि दीक्षितलगायतका ४ जनालाई बरिष्ठ पत्रकार सम्मान दिन थालेको छ। दीक्षित लगायत नारायणप्रसाद शर्मा (दाङ), कृष्णा ताम्राकार (काठमाडौं), र विश्ववन्धु बञ्जाडे (तनहुँ) ले बरिष्ठ सम्मान पाउने भएका हुन्।
चार जना बरिष्ठ पत्रकार।

काठमाडौं, वैशाख २४– राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना मन्त्रालयले आइतवार मदनमणि दीक्षितलगायतका ४ जनालाई बरिष्ठ पत्रकार सम्मान दिन थालेको छ। 

दीक्षित लगायत नारायणप्रसाद शर्मा (दाङ), कृष्णा ताम्राकार (काठमाडौं), र विश्ववन्धु बञ्जाडे (तनहुँ) ले बरिष्ठ सम्मान पाउने भएका हुन्।

मन्त्रालयका अनुसार, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा चितवनबाट गणशेखर शर्मा, मोरङबाट शिव बहादुर बस्नेत, बाँकेबाट सिराज खान र  उदयपुरबाट गजेन्द्र बुढाथोकी रहेका छन्। अपरान्ह्र संञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकार सम्मान र पुरस्कार वितरण गरिने कार्यक्रम छ। 

राष्ट्रिय पत्रकारिता दिवसकै अवसरमा आइतबार बिहान राजधानीमा ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ प्रभात फेरी गरिएको थियो। बिहान काठमाडौंको भृकुटीमण्डपबाट भूगोलपार्कसम्म गरिएको प्रभातफेरिमा संचारमन्त्री सुरेन्द्रकुमार कार्की लगायत संचार सम्बद्ध व्यक्तिको उल्लेख्य सहभागिता थियो।

२०७३ माघमा सरकारले गरेको निर्णय अनुसार नेपालको पहिलो र पुरानो पत्रिका गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेका दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको हो। 
 


 

More form the Internet

loading...