Suvadin, Home

ठगी गर्ने ट्याक्सीलाई कारबाही गर्ने डीआईजी खनालको चेतावनी 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न ट्याक्सीबाट कारबाही सुरुवात गरिएको बताएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीअार्इजी सर्वेन्द्र खनाल।

काठमाडौं, साउन २३– महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न ट्याक्सीबाट कारबाही सुरुवात गरिएको बताएका छन्।

सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले अटेर गरेर बिलिङ मिटर जडान नगर्ने ट्याक्सी चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। ‘सार्वजनिक सवारीको अब्यवस्थाका कारण समस्यामा परेका मध्य म पनि एक हुँ । कहाँ–कहाँ सुधार्नुपर्छ मलाई थाहा छ’ डिआईजी खनालले भने।

उनले उपत्यकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट तोकेको समेत बताए। ९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन जोडेका छैनन्। तिनीहरुबाटै ठगी बढी भइरहेको छ,’ डिआईजी खनालले भने।


 

More form the Internet

loading...