Suvadin, Home

जनप्रतिनिधिका रुपमा चुनिने वातावरण बनोस् 

आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले उठाई जनप्रतिनिधिको रुपमा चुनिने सुनिश्चितता गर्न पनि विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ। 
फाइल फोटाे।

काठमाडौं, जेठ २४–राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गराउन माग गरिएको छ।

अपाङ्ग महासंघले निर्वाचन आयोगलाई पहल गरिदिन माग गरेको हो। महासंघका तर्फबाट उपाध्यक्ष टीका दाहालको नेतृत्वमा आएको टोलीले आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालाई आज बुझाएको ज्ञापनपत्र अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहज पहुँचको स्थितिलाई हेर्दा विगतको निर्वाचनमा अशक्त र अपाङ्गता भएका व्यक्तिले मतदान प्रक्रियामा भाग लिँदै आएको सुविधासमेत कटौती भएको उल्लेख छ।  

आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले उठाई जनप्रतिनिधिको रुपमा चुनिने सुनिश्चितता गर्न पनि विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ। 

मतदानस्थल वा केन्द्रमा ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिले कहाँ मतदान गर्ने र लाइनमा बस्ने भन्नेबारे स्पष्ट देखिने गरी सूचना टाँसको व्यवस्था मिलाउन आग्रह गर्दै महासंघले त्यस्ता स्थानमा साङ्केतिक भाषा र दोभासेको पनि व्यवस्था मिलाउन सुझाव दिएको छ ।  

नेपालको जनगणना २०६८ अनुसार मुलुकमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२१ छ । हाल मुलुकमा अपाङ्गता भएका व्यक्तिको हकअधिकार संरक्षण र सम्वद्र्धन गर्ने भनी खोलिएको सङ्घ संस्थाको सङ्ख्या मात्रै पनि ३३१ रहेको महासङ्घले जनाएको छ । 


 

More form the Internet

loading...