Suvadin, Home

बाढी पहिरोले पुर्याएको क्षतिबारे गृहमन्त्रीद्वारा संसद्मा जानकारी 

गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पुर्याएको क्षतिबारे संसदमा जानकारी गराएका छन्।
गृहमन्त्री जनार्दन शर्मा। 



काठमाडौं, असार २१ –गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पुर्याएको क्षतिबारे संसदमा जानकारी गराएका छन्। संसदको बुधबारको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गरेका छन्।

उनले बाढी पहिरोलगायत विपत्तिमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताए। उनले  स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै दुई नम्बर प्रदेशमा हुने चुनावमा पनि सहयोग गर्न आग्रह गरेका छन्। 


 


 

More form the Internet

loading...