Suvadin, Home

साहसिक महिलाः छेची शेर्पा राई
ढुंगासँग लुकामारी गदैं १७ सय किलोमिटरको यात्रा

पूर्वी नेपालको कञ्चनजंगादेखि पश्चिमको हिल्सासम्मको गाडीमा यात्रा गर्न निकै कठिन छ। जो कोहीले त्यहाँ पुग्ने कल्पना समेत गर्न सक्दैनन्। तर नेपालकी एक साहसिक महिलाले यात्रा पुरा गरेकी छन् ती हुन् छेची शेर्पा राई।
छेची शेर्पा राई।

काठमाडौं, असार २०–पूर्वी नेपालको कञ्चनजंगादेखि पश्चिमको हिल्सासम्मको गाडीमा यात्रा गर्न निकै  कठिन छ। जो कोहीले त्यहाँ पुग्ने कल्पना समेत गर्न सक्दैनन्। तर नेपालकी एक साहसिक महिलाले यात्रा पुरा गरेकी छन् ती हुन् छेची शेर्पा राई।

छेचीले कक्षा ९ सम्मको अध्ययन गदैं गर्दा आमाको मृत्यु भएपछि पढाईलाई छाड्नु पर्यो। घरमा आमा बाहेक सहारा कोही नभएपछि पढाईलाई छोडेर उनी सोलुखुम्बुमा रहेको खुम्बुको टोलमा काम गर्न थालिन्।

काम गदैं जाँदा खुम्बुमा एभरेष्ट म्याराथुनको चलहपहल निकै चलेको थियो। खुम्बुमा हरेक वर्ष एभरेष्ट म्याराथुनको आयोजना हुने गर्छ। एकातर्फ होटलको काम अर्कोतर्फ छेचीको दौडिने मन। उनलाई पनि दौडिने कम त कहाँ थिएन, तर सवै केटाहरु मात्रै हुन्थे। आर्थिक अवस्थाले कमजोर छेचीलाई दौडेर खान पनि पुग्ने थिएन। सात वर्ष अघि अमेरिकका नागरिकको सानेपास्थित बासस्थानको रेखदेखको काम पाएकी पछि खुम्बुको होटलको काम छोडेर छेची काठमाडौं आईन्।

त्यसपछि मात्रै उनको दौडने इच्छा पुरा भयो। छेचीसँग अहिले ३ वर्षको छोरा छ। श्रीमान् अविरल राई ट्रेकिङ गाइड हुन्। श्रीमान्को साथ पाएकाले छेचीलाई दौडन कसैबाट रोकावट भने छैन। छोरो १० महिना नपुग्दै उनले प्रतियोगितामा समेत भाग लिएकी थिइन्।

सन्तान घरैमा छाडेर लामो दुरीको प्रतियोगितामा भाग लिन निकै कठिन हुन्छ, आफन्तहरुले अव दौडन छाडेर बच्चाको हेरचाहमा लाग्न सल्लाह दिने गरेको छेचीले बताउँछन्।  तर उनले आफ्नो दुधे बालकलाई छोड्न सकिन दौड छाड्न भने सकिनन्।

१७ सय किलोमिटरको हिमाली दौड पूरा  गर्ने पहिलो नेपाली महिला उनी नै हुन्। फ्रान्सेली संस्था ‘द नाइट्स अफ द विण्ड को सक्रियतामा ९ अप्रिलदेखि २४ मे सम्म आयोजना भएको ‘द हिमाल रेस २०१७ मा सहभागि छेची महिलामा प्रथम र समग्रतामा तेस्रो भएकी थिईन्। उनी ४५ दिनसम्म दौडेकी थिईन्। आफुसँग भएका  विदेशी पाँच महिलाले दौड कठिन र लामो समयको भन्दै नजान भनेका थिए, उनले भनिन्–‘एक पटक यो प्रतियोगिताको दौड पुरा गर्छु भन्ने इच्छा थियो, त्यसलाई पुरा गर्न अगाडी बढेकी हुँ।’

लामो दुरीमा दौडिदा केटी मान्छे एक्लै सुत्न समेत निकै समस्या हुने गरेको थियो, उनले भनिन्–‘यात्रा गदैं जाँदा साँझको समयमा आफुसँग खानेकुरा चाउचाउ बाहेक केही थिएन, चक्लेट र चाउचाउ खाएर हिल्सासम्मको यात्रा गरेकी थिए।’हिल्साबाट फर्किने क्रममा टासिल्ला चक्र क्रस गरेर घर फर्किने दिनलाई जिन्दगीमा उनी कहिल्यै भूल्न सक्दैनन्।

घर फकिदै गर्दा गिलेश्वरमा बाटो पता लगाउन निकै अप्ठेरो थियो। त्यहाँ जताततै  ढुङ्गा ढुङ्गा हुन्छन्, २ घण्टा बाटो खोज्नै लाग्यो, छो–रोल्पाको छेउको बाटो जाने योजना थियो, विदेशीले जिपिएसबाट हेर्दा ५ मिनेटमा बाटो भेटाइन्छ भनेपछि विदेशीको पछिपछि आफु लागेको उनले बताईन्।

यात्राको अनुभव सुनादै छेचीले भनिन्–‘माथिबाट ढुङ्गा खस्ने, मुनिबाट कुद्ने कतिलाई त यो कुरा भनेपछि पत्याउँदैन, ठूलो ढुङ्गा खसेर आउने,अर्को ढुङ्गामा ठोकिएर फुटेर उछिर्टिने, एकातर्फ आउँदा अर्को तर्फ लुकामारी गरि यात्रा पुरा गरेकी थिए।’हालसम्म म्याराथुन प्रतियोगितामा सहभागि भएका मध्य कुनै ठाउँ प्रथम, द्वितीय र तृतीय नभएको ठाउँ नै छैन।

पहिलोपटक काठमाडौंमा २०७३ फागुनमा भएको कान्तिपुर हाफ म्याराथनमै महिलातर्फ पहिलो भएपछि उनी झनै खुसी भईन्। त्यसपछि २०७२ असोज १८ गते भएको तेञ्जिन– हिलारी एभरेष्ट म्याराथनमा महिलातर्फ तेस्रो र एभरेष्ट म्याराथनमा महिलातर्फ पहिलो स्थान हासिल गर्न सफल भईन्। त्यस यता  २० भन्दा बढी दौड प्रतियोगितामा सहभागी भइसकेकी छेचीले लामो दूरीका तीन वटा दौड पनि पार गरिसकेकी छन्।  

काठमाडौंको बौद्धबाट लमजुङ बेसीशहरसम्मको ४०० किमीको ‘थ्री भ्याली ट्रायल २०१२’ ५५ घण्टा १० मिनेट १४ सेकेन्डमा पूरा गर्दै समग्रमा पाँचौं र महिलातर्फ पहिलो भएकी थिईन्। सोलुखुम्बुको जिरीबाट लुक्लासम्मको ३ सय किलोमिटर सोलुखुम्बु ट्रायल रेसमा सहभागि भएर महिला तर्फ नै पहिलो भएकी थिइन् छेची। 


 

More form the Internet

loading...