Suvadin, Home

यस्ता छन् शिक्षा नियमावली २०७३ का विशेषता 

विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्ने काम समेतका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको व्यवस्था गरी सो केन्द्रको काम कर्तव्य तथा अधिकार केन्द्रका प्रमुख शिक्षा परीक्षकको नियुक्ति, पारिश्रमिक सेवाका सर्तहरु सचिवालय र जनशक्ती सम्वन्धी व्यवस्था गरिएको छ।
शिक्षा मन्त्रालय।

काठमाडौं, जेठ २६– शिक्षा नियमावलीका विशेषताहरू यस्ता रहेका छन्।

१. माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोडको काम कर्तव्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रण सम्वन्धी व्यवस्ता गरिएको छ। वोर्डको अध्यक्ष तथा सदस्य सचिवको काम कर्तव्य अधिकार तथा बोर्डका अध्यक्षको पारिश्रमिक सेवा, सर्त तथा सुविधाको व्यवस्था गरिएको छ। 

२) विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्ने काम समेतका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको व्यवस्था गरी सो केन्द्रको काम कर्तव्य तथा अधिकार केन्द्रका प्रमुख शिक्षा परीक्षकको नियुक्ति, पारिश्रमिक सेवाका सर्तहरु सचिवालय र जनशक्ती सम्वन्धी व्यवस्था गरिएको छ।

३. शिक्षा सम्वन्धी नीति निर्धारण गर्ने सम्वन्धमा नेपाल सरकारलाई सल्लाह तथा सुझाव दिने काम समेतको लागि शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय शिक्षा परिषद्को अन्य काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। 

४. जिल्लास्तरमा शैक्षिक विकासका लागि आवश्क नीजि तर्जुमा गर्ने जिल्ला शिक्षा परिषद् रहने व्यवस्था गरी उक्तपरिषद्को काम कर्तव्य अधिकार तथा बैठक सम्वन्धी कार्यविधी व्यवस्था गरिएको छ।

५.जिल्ला भित्रका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा पाँचसम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाहरुको हकमा भौगोलिक विकटताको आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरी आधारभूत विद्यालयको कक्षा छ देखि आठसम्म तथा माध्यामिक विद्यालयलाई विषयगत आधारमा नेपाल सरकारद्धारा उपलव्ध दरबन्दी वितरण र मिलान गर्ने व्यवस्था गरिएको छ।

६.गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको व्यवस्थापन रेखदेख र समन्वय गर्ने काम गठित गाउँ शिक्षा वा नगर शिक्षा समितिको काम कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ।

७. शैक्षिक गुठी अन्तर्गत सञ्चालन भएका विद्यालयको सञ्चालन, रेखदेश तथा व्यवस्थापन सम्वन्धी व्यवस्था गरिएको छ।

८.सामुदायिक विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु बीच साझेदारीमा विद्यालय सञ्चालन गर्ने मापदण्ड, साझेदारीको तरिका,व्यवस्थापन समिति गठन, काम कर्तव्य र अधिकार मन्त्रालयले बनाएको कार्यविधि बमोजिम गरी व्यवस्था गरिएको छ।
 

९.विद्यालय स्वतन्त्र र भयरहित रुपमा अध्ययन,अध्यापन गर्ने वातावरण सृजना गर्ने तथा विद्यालयभित्र कुनैपनि किसीमको अवाञ्छित क्रियाकलाप हुन नदिने गरी विद्यालय सुरक्षित क्षेत्र कार्यम गर्नुपर्ने र सुरक्षित क्षेत्र कायम गर्न जिल्mा स्तरमा विद्यालय शान्तिक्षेत्र र विपद् व्यवस्थापन गर्नुपर्ने र यस विषयमा शिक्षक, कर्मचारी विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिको काम कर्तव्यको व्यवस्था गरिएको छ।

१०.एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधी पूरा गरेको स्थायी शिक्षकलाई मापदण्डका आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्ला भित्रको, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रका र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ। 

११.प्रधानाध्यापकको नियुक्तीको लागि आवश्यक पर्ने योग्यता, नियुक्ती प्रक्रिया काम कर्तव्य र अधिकार तोकिएको छ। 
१२.प्रत्येक विद्यालयमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या र विषयका आधारमा विद्यार्थी तथा शिक्षकको अनुपात कायम गरी दरबन्दी मिलानगरिनुपर्ने व्यवस्था गरिएको छ। 

१३. सामुदायिक विद्यालयमा मन्त्रालयले स्वीकृत गरे बमोजिमको संख्यामा कर्मचारीको दरबन्दी रहने कर्मचारी नियुक्ति सेवाको सर्त सुविधा सम्वन्धी व्यवस्था गरिएको छ।

१४.सम्वत् २०५९ साल जेष्ठ १५ गतेसम्म तत्काल प्रचलित कानून बमोजिम विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति पाई २०७३ साल असार १५ सम्म अविचिछन्न रुपमा कार्यतर विद्यालय कर्मचारी नोकरीमा नरहने भएमा अधिकतम सेवा अवधी २० वर्ष मानी त्यस्ता कर्मचारीलाई देहाय बमोजिमको सुविधा उपलव्ध गराईने छ।

(क) ५ वर्ष देखि १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई निजले काम गरेको प्रत्येक बर्षको निमित आखिरी एक महिनाको तलव बराबरको रकम,  (ख)१० वर्ष भन्दा बढी १५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई निजले काम गरेको प्रत्येक बर्षको निमित आखिरी एक महिनाको तलव बराबरको रकम, 

ग) १५ वर्षभन्दा बढी सेवा बराबरको रकम, निजले काम गरेको प्रत्येक बर्षको निमित आखिरी एक महिनाको तलव बराबरको रकम, 

१५. शैक्षिक पराशर्म सेवा, ब्रिज कोर्स, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा वा विदेशी मुलुकमा सञ्चालित कुनै शैक्षिक कार्यक्रम सञ्चालनको अनुमती सम्वन्धी व्यवस्था, पालन गर्नुपर्ने सर्तहरु, अनुमतीपत्रको नविकरण, अनुमति पत्र रद्ध हुने तथा यस्ता संस्थाहरुको अनुगमन तथा मूल्यांकन सम्वन्धी व्यवस्था गरिएको छ। 

१६. विद्यालयले प्रत्येक शैक्षिक सत्र समाप्त भएको एक महिना भित्र पेश गर्नुपर्ने वितरणहरुको व्यवस्था गरिएको छ।


 


 

More form the Internet

loading...