Suvadin, Home

खाद्य संस्थानको कार्यालयमा तीन वर्ष देखि चामल थन्केको थन्केइ

नेपाल खाद्य संस्थान बागमती अञ्चल कार्यालय काठमाडौंमा करिब तीन वर्ष अघिदेखिको चामल विक्री हुन सकेको छैन। अञ्चल कार्यालयको गोदाममा अभै पनि गोरखनाथ, मकवानपुर, अरुवा मध्यम र अरुवा मोटो चामल मौज्दात रहेको छ।
फाइल फोटा।

काठमाण्डौं, असार २७–नेपाल खाद्य संस्थान बागमती अञ्चल कार्यालय काठमाडौंमा करिब तीन वर्ष अघिदेखिको चामल विक्री हुन सकेको छैन। अञ्चल कार्यालयको गोदाममा अभै पनि गोरखनाथ, मकवानपुर, अरुवा मध्यम र अरुवा मोटो चामल  मौज्दात रहेको छ। 

संस्थानको बागमती अञ्चलका कार्यालय प्रमुख भेषनाथ न्यौपानेले  बिक्री हुन नसकेर चामल गोदाममा थन्किएको बताए।  उनका अनुसार गोदाममा करिब ९ हजार क्विन्टल चामल स्टक छ। पुरानो भएपछि चामलको गुणस्तर खस्किएको उनको भनाई छ।  

धान खरिद गर्नेबित्तिकै तत्कालै चामल बनाउँदा थन्क्याएर राख्न समस्या हुने उनले बताए। धान सुक्नका लागि निश्चित समय चाहिन्छ,उनले भने–‘ समयअघि नै कुटानी पिसानी गरे चामल बिग्रने सम्भावना हुन्छ।’कार्यालयका अनुसार गोदाममा अहिले करिब २५ सय क्विन्टल गोरखनाथ चामल, १७ सय क्विन्टल मकवानपुर, ३२ सय क्विन्टल अरुवा मध्यम र २२ सय क्विन्टल अरुवा मोटो चामल मौज्दात छ।

सोना मन्सुली, जिरा मसिनो, उसिना सोना मन्सुली, वास्मती ब्राउन राइसलगायत चामल भने उत्साहजनक रुपले बिक्री भइरहेको प्रमुख न्यौपानेको भनाइ छ। खाद्य संस्थान बिक्रीवितरण विभाग प्रमुख शंकर सापकोटाले भने सरकारको नीतिअनुसार नै चामल लामो समयसम्म  मौज्दातमा राखेको बताए। उनका अनुसार  ३ लाख ३३ हजार क्विन्टल चामल, गहुँ, गेडागुडीलगायत खाद्यान्न सञ्चित गर्नुपर्ने हुन्छ।


खाद्य संस्थानले विभिन्न जिल्लाहरुबाट विभिन्न जातको धान तथा कर्णालीका जिल्लाबाट तिते फापर, सिमी, उवा खरिद गरी बिक्री गर्ने गरेको छ। अहिले अञ्चल कार्यालयको गोदाममा करिब ३५ हजार क्विन्टल खाद्यान्न छ।


 

More form the Internet

loading...