Suvadin, Home

आफ्नै जवानद्वारा गोर्खा सैनिकका मेजरको हत्या

भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन्। गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन्।
फाइल फोटो।

काठमाडौं, साउन ३– भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन्। गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन्।

एक भारतीय वेबसाइट न्यूज२४ का अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेकाले रिसको झोंकमा हत्या गरेको बताएको उल्लेख गरेको छ।मोबाइलमा धेरै कुरा नगर्न चेतावनी दिएर फर्केका मेजरमाथि उनले अन्धाधुन्द रुपमा गोली प्रहार गरेको र मेजर थापाको घटनास्थलमै मृत्यु भएको सो वेबसाइटले उल्लेख गरेको छ । सो वेवसाइटका अनुसार, उनीमाथि पाँच राउन्ड गोली प्रहार गरिएको थियो। गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ। एजेन्सी 


 

More form the Internet

loading...