Suvadin, Home

भारतको राष्ट्रपतिमा दलित नेता कोविंद विजयी 

एनडीएका उम्मेद्वार रामनाथ कोविंद भारतको राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
रामनाथ कोविंद । 


काठमाडौं, साउन ५– एनडीएका उम्मेद्वार रामनाथ कोविंद भारतको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनले विपक्षी पार्टी साझा उम्मेद्वार मीरा कुमारलाई पराजित गरि राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। रामनाथ कोविंदको सरकारपक्षीय उम्मेदवार कोविंदले दुई तिहाई मत ल्याएका छन्। 

बिहारका पूर्व गभर्नरसमेत रहेका उनलाई सरकारले फलोअर र थप सुरक्षाकर्मी उपलब्ध गराएको छ। उनको उत्तर प्रदेशमा रहेको घरमा समेत सुरक्षाकर्मी परिचालन गरिसकेको छ। ७१ वर्षीय कोविदले जुलाई २५ मा राष्ट्रपतिको पद ग्रहण गर्नेछन्।७१ वर्षीय कोविंद कानपुरका दलित नेता हुन्। उत्तर प्रदेशमा दलितको संख्या ठूलो रहेकाले उनको उम्मेदवारीलाई भाजपाको हिन्दी बाहुल्य भएको युपीमा पकड जमाउने रणनीतिका रुपमा लिएको छ। सन् १९९८ देखि २००२ सम्म भाजपाको दलित मोर्चाका अध्यक्षसमेत भएका थिए। 


 

More form the Internet

loading...