Suvadin, Home

Cover Image

चुडामणि प्रकरणको मिसिल झिकाउन आदेश 

सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ।शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आइतबार पूर्ण इजलासमा सुनुवाई भएको थियो।
निलम्बित महानिर्देशक चूडामणि शर्मा।

काठमाडौं, साउन ८– सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ।शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आइतबार पूर्ण इजलासमा सुनुवाई भएको थियो।

न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको इजलासले मिसिल झिकाउन आदेश दिएको हो। कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको छ।

शर्मापत्नीले भने कर फछ्र्यौट आयोगले गरेको निर्णयमा प्रश्न उठाउन नपाउने भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेपछि सर्वोच्चले यसअघि नै मुद्दा यथास्थितिमा राख्न भनेको छ।


 

More form the Internet

loading...