Suvadin, Home

विभागका कर्मचारी सन्तुष्ट तर उपभोक्ता असन्तुष्ट 

जति–जति विभागले अनुगमन गदैं जान्छ त्यति नै उपभोक्ता ठगीदै आईरहेका छन्। जेठ २८ गते आइतवार काठमाडौंका केही स्थानमा माछा मासु पसलमा व्यापक अनुगमन गरियो। अनुगमनका क्रममा सडेको मासु समेत बरामद गरियो। बजार अनुगमनको जिम्मेवारी पाएका विभागहरुले समय–समयमा अनुगमन गछ्र्रन्, अनुगनको केही दिनमा व्यापारीले उपभोक्तालाई ताजा मासु, माछा विक्री गर्ने गरेको भेटिन्छन्।
फाइल फोटो

काठमाडौं, जेठ २९–आपुर्ति मन्त्रालय अन्तर्गतको आपुर्ति विभागले बजार अनुगमनलाई अहिले तिव्रता दिएको छ। मन्त्रालयले सुपर अनुगमन भन्दै देशभर टोली खटाई बजार अनुगमन गरिरहेको छ।

जति–जति विभागले अनुगमन गदैं जान्छ त्यति नै उपभोक्ता ठगीदै आईरहेका छन्।  जेठ २८ गते आइतवार काठमाडौंका केही स्थानमा माछा मासु पसलमा व्यापक अनुगमन गरियो। अनुगमनका क्रममा सडेको मासु समेत बरामद गरियो। बजार अनुगमनको जिम्मेवारी पाएका विभागहरुले समय–समयमा अनुगमन गछ्र्रन्, अनुगनको केही दिनमा व्यापारीले उपभोक्तालाई ताजा मासु, माछा विक्री गर्ने गरेको भेटिन्छन्।

तर त्यस पछि भने व्यापारीहरु उही सडेको मासु माछा विक्री गरेरै छोड्छन् । बजार अनुगमनका क्रममा प्रत्येक पसलमा समानको मूल्य सुची, खाद्य बस्तु मिसाउन गर्न नपाइने, माछा र  मासुको पसल फरक–फरक राख्नुपर्ने र फरक –फरक फ्रिजको व्यवस्था हुनुपर्ने, काट्ने ठाउँमा सरसफाई गर्नुपर्ने निर्देशन दिन पनि व्यापारीहरुले अनुगमनमा खटिएका अधिकारीहरुको कुरालाई अटेर गर्दैे फोहोर टेबलमा मासु राख्ने, प्रमाणित नभएका तराजुमा जोख्ने, सडकपेटीमा काराबोर गर्ने गरेको भेटिन्छन्।

आपुर्ति विभाग र बजार अनुगमनको जिम्मेवारी पाएका विभागका अधिकारीले बजारमा पुगेर देखावटी अनुगमन गरि कागजी रुपमा शतप्रतिशत देखाउँछन्।यता उपभोक्ता भने बजार अनुगमन देखावटी रुपमा भएको भनेर असन्तुष्ट देखिने गरेका छन्। जहाँ बजार अनुगमनको जिम्मेवारी पाएका मन्त्रालय, विभागहरु भएको ठाउँमा त यसरी व्यापारीबाट उपभोक्ता ठगीदै गएका छन् भने देशका कुनाकन्दरामा रहेका उपभोक्ताहरुको हालत कस्तो होला?

आपुर्ति मन्त्रालय अनुगमन शाखाका अनुगमन अधिकृत गोविन्दप्रसाद लुइटेलले उपभोक्ता सम्वन्धी बनेको ऐन संशोधन नुहँदा कारवाही गर्न समस्या भएको बताए। समय परिवर्तन हुँदै गईरहेकाके छ, तर ऐन भने पुरानै देखिन्छ, उनले भने–‘समय सापेक्ष अनुसार परिवर्तन हुन आवश्यक देखिन्छ।’ पुरानो ऐन अनुसार उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई १ हजार जरिवाना रहेको छ, अनुगमन शाखा अधिकृत गोविन्दप्रसाद लुइटेलले भने–‘ प्रहरीले जसरी कारवाही गर्छ त्यस्तो अधिकार हामीलाई दिनुपर्छ।’

उनले अनुगमन गर्नका लागि जनशक्तीको समेत कमी देखिएको बताए। अनुगमनका क्रममा कसैले उपभोक्तलाई सडेगलेका खानेकुरा विक्री वितरण गरेको भेटिएमा सात दिन भित्र विभागमा हाजिर हुन निर्देशन दिने र त्यसपछि त्यसको प्रकति हरेर जरिवना गर्ने गरेको उनको भनाई छ।

उनले अहिले थानकोट देखि चितवनसम्म अनुगमन भईरहेको बताए।मन्त्रालयका अनुसार देशभर बजार अनुगमनका लागि ४ लेखि ५ जनाको टोली खटाएको छ। मन्त्रालयलले अहिले राजमार्गमा अनुगमन तिव्र पारेको छ। विपी राजमार्गका पसल, होटलहरुमा अनुगमन गरेर सकेको मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा पसल र होटल मात्रै नभएर पेट पेट्रोल पम्पमा समेत अनुगमन गरेको छ।यति मात्रै नभएर अन्य  मन्त्रालय अन्तर्गतका समेत ढक तराजु लगायतमा समेत अनुगमन गदैं आईरहेको छन्। आपुर्ति विभागका अनुसार विचौलियाका कारणले पनि उपभोक्ता दिनप्रतिदिन ठगीदै गईरहेको छन्।  


 


 

More form the Internet

loading...