Suvadin, Home

यस्तो व्यवस्था छ अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ 

अपाङ्गलाई काममा प्राथमिकता दिनु पर्ने १)सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थाहरुले अपाङ्गहरुको शिक्षा, तालीम र शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलार्य प्राथमिका दिनु पर्नेछ। २) ऐनको अधिनमा रहीे सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थामा काम गर्ने अपाङ्ग कर्मचारी र अन्य कर्मचारी बीच पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरुका सम्बन्धमा कुनै किसिमको भेदभाव गरिने छैन।
फाइल फोटो ।

काठमाडौ, असार ५  –अपाङगता भएका व्यक्तिहरुको सेवा सुविधाका लागि अपाङ संरक्षण तथा कल्याण नियमावली निर्माण भएको छ। तर त्यसको प्रभावकारी रुपमा  कार्यनवयन नुहँदा अपाङगता भएका व्यक्तिलाई समस्या भएको छ।  उनीहरुले नियमावली अनुसार पाउनुपर्ने सेवा सुविधा समेत पाउन सकेका छैनन्। अपाङगता भएका व्यक्तिहरुका लागि नियमावलीमा के व्यवस्था गरिएको छ। 

 

 अपाङ्गपन निर्धारण समिति
१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गको परिभाषा र अपाङ्गपन निर्धारणको लागि कुनै चिकित्सक नतोकिएकोमा मन्त्रालयले सोही उपदफाको प्रयोजनको लागि अपाङ्ग कल्याणसंघ सम्बन्धित संघ, संस्था, चिकित्सक र विशेषज्ञहरु समेत समावेश गरी सात जनासम्मको एक अपाङ्गपन निर्धारण समिति गठन गर्न सक्नेछ । यसरी गठन हुने समितिको अध्यक्ष, सदस्य र सचिवको नाम तथा निजहरुको पदावधि सोही समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ। 

 लगत राख्ने 
१) गाउँ विकास समति वा नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अपाङ्गहरुको लगत अद्यावधिक गरी राख्नु पर्नेछ। 
२) समाज कल्याण अधिकृतले सम्बन्धित गाउँ विकास, नगरपालिका मार्फत  स्थानीयस्तरमा कार्यरत अपाङ्ग कल्याण र संस्था समेतको सहयोगमा अपाङ्गहरुको प्रकृति र प्रकार अनुसार तयार गरी त्यसको एक प्रति अनिवार्य रुपले मन्त्रालयकमा पठाउने, मन्त्रालयले पनि सो अभिलेख समेतको आधारमा नेपालका अपाङ्गहरुको प्रकृति र प्रकार अनुसारको राष्ट्रिय अभिलेख तयार गरी राख्ने छ। 
३) केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनामा स्पष्ट अपाङ्गको लगत खुलाउनु पर्नेछ।


 परिचयपत्र प्रदान गर्न सक्ने 

समाज कल्याण अधिकृतले अपाङ्गलाई ऐन ता यस नियमावली बमोजिम सुविधा दिने प्रयोजनका लागि मन्त्रालयले तोकिदिए बमोजिमको ढाँचामा परिचयपत्र प्रदान गर्न सक्नेछ। 

 समाज कल्याण अधिकृतको काम, कर्तव्य र अधिकारः समाज कल्याण अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिक हुनेछ। 
क) अपाङ्गहरुको हित, संरक्षण तथा अपाङ्ग कल्याण सम्बन्धी विभिन्न योजना र कार्यक्रम तर्जूमा गरी स्वीकृतिका निमित्त मन्त्रालयमा पेश गर्ने। 
ख) मन्त्रालयको निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने। 
ग) स्वीकृत पाठ्यक्रमको कार्यान्वयन स्थितिको मूल्याङ्कन गरी विवरणहरु मन्त्रालयमा पठाउने। 
घ) जिल्लाका अपाङ्गहरुको हित, संरक्षण र कल्याणको लागि श्रोतको खोजी गर्ने र प्राप्त श्रोतको अधिकतम उपयोग गर्ने। 
ङ) मन्त्रालयबाट तोकिदिए बमोजिमका अन्य कार्य गर्ने, गराउने।


अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार

 अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ 
क) अपाङ्ग घरको दीर्घकालिन नीति र योजना तर्जुमा गर्न संचालक समितिलाई सहयोग गर्ने।
 ख) स्वीकृत नीति र योजना अनुरुप अपाङ्ग घरको वार्षिक कार्यक्रम र बजेट तयार गरी स्वीकृतिका लागि संचालक समितिमा पेश गर्ने।

ग) संचालक समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने। 
घ) अपाङ्ग घरको दैनिक कार्य संचालन गर्न, गराउन र त्यसको सुपरिवेक्षण गर्ने। 
ङ) अपाङ्ग घरको कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने र प्रगति विवरणहरु संचालक समितिको बैठकमा पेश गर्ने।
च) अपाङ्ग घरको आर्थिक कारोबार गर्ने र सो को लेखा ठीकसंग राख्ने, राख्न लगाउने। 
छ) संचालक समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य कार्य गर्ने, गराउने।

संचालक समितिको गठन 
मन्त्रालयले अपाङ्ग घर संचालन गर्नको निमित्त स्थानीय सामाजिक कार्यकर्ता, महिला सामाजिक कार्यकर्ता, चिकित्सक र शिक्षकहरु मध्येबाट समेत सदस्य रहने गरी बढीमा सात जना सदस्यहरु भएको एक अपाङ्ग घर संचालक समिति गठन गर्नेछ। 
संचालक समितिमा रहने अध्यक्ष, सदस्य तथा सचिवको काम, कर्तव्य तथा निजहरुको पदावधि मन्त्रालयले उक्त समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ।

संचालक समितिको काम, कर्तव्य र अधिकार

 संचालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ 
क) अपाङ्ग घरको दीर्घकालिन नीति र योजना तर्जुमा गरी स्वीकृतिका निमित्त समाज कल्याण अधिकृत मार्पmत मन्त्रालयमा पेश गर्ने। 
ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम बनाई स्वीकृत गर्ने र सो को संचालनार्थ आवश्यक श्रोितको खोजी गर्ने र प्राप्त श्रोतको परिचालन गर्ने। 
ग) अपाङ्ग घरमा रहेका बृद्ध अपाङ्ग र असहाय अपाङ्गहरुलाई बस्ने, सुत्ने, खाने, लगाउने लगायतका अन्य सुविधा सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने गराउने। 
घ) बृद्ध– अपाङ्ग वा असहाय अपाङ्गहरुको शारीरिक एवं बौद्धिक विकासको निमित्त मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम लगायत अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने, गराउने। 
ङ) अपाङ्ग घरको कार्य प्रगतिको समीक्षा एवं मूल्याङ्कन गर्ने, गराउने। 
च) बृद्ध अपाङ्ग वा असहाय अपाङ्गहरुलई नियमित स्वास्थ्य परीक्षण र आवश्यकतानुसार औषधोपचारको व्यवस्था मिलाउने। 
छ) अपाङ्ग घरको संचालन सम्बन्धमा मन्त्रालय वा समाज कल्याण अधिकृतले दिएका सुझाव तथा निर्देशनको पालना गर्ने,गराउने।

शिक्षा तथा तालिम व्यवस्था


१) कुनै गैर सरकारी वा निजी क्षेत्रमा संचालित संस्थाले अपाङ्गलाई शिक्षा एवं तालीमको व्यवस्था गर्ने भएमा मन्त्रालयले त्यस्तो संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ। 
२) मन्त्रालयले अपाङ्गका बढीमा दुई जना सन्ततिलाई कुनै निश्चित स्तरसम्मको निःशुल्क शिक्षाको व्यवस्था गर्नेछ। 
३) मन्त्रालयले अपाङ्गताको प्रकृति र प्रकार अनुसार त्यस्ता अपाङ्गहरुलाई शिक्षा दिनको लागि नेपाल अधिराज्यभित्र आवश्यक संख्यामा विशेष शिक्षा दिने विद्यालयको स्थापना र संचालन गर्न सक्नेछ।
४) उपनियम (३) बमोजिम स्थापना भएका विद्यालयको संचालन र त्यस्तो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था शिक्षा नियमावली २०४९ मा उल्लेख भए बमोजिम हुनेछ। 
५) श्री ५ को सरकार र श्री ५ को सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका कुने संगठित संस्थाले प्रदान गर्ने प्राविधिक तथा व्यावसायिक तालीममा उनीहरुको लागि पाँच प्रतिशत स्थान सुरक्षित गरिनेछ र यस किसिमको तालीममा अपाङ्गहरुसंग कुने किसिमको शुल्क लिइने छैन।

स्वास्थ्योपचारसम्बन्धी व्यवस्था 
१) नेपाल अधिराज्यका अस्पतालहरुमा अपाङ्गहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ। 
२) नेपाल अधिराज्य भित्रका पचास भन्दा बढी शैया भएका सरकारी अस्पतालहरुमा अपाङ्गहरुको उपचारको निमित्त बढीमा दुईवटा निःशुल्क शैयाको व्यवस्था गरिनेछ। 
३) ६५ वर्ष नाघेका बृद्ध अपाङ्ग तथा असहाय अपाङ्गहरुको नेपाल अधिराज्य भित्रका सरकारी अस्पतालहरुमा निःशुल्क औषधोपचारको व्यवस्था गर्न सकिनेछ।
४)  सरकारको पूर्व स्वीकृति लिई कुनै गैरसरकारी अस्पतालमा अपाङ्गहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क शैया वा औषधि उपचारको व्यवस्था गरेमा त्यस्ता अस्पताललाई मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ।

अपाङ्गलाई काममा प्राथमिकता दिनु पर्ने 


१)सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थाहरुले अपाङ्गहरुको शिक्षा, तालीम र शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलार्य प्राथमिका दिनु पर्नेछ। 
२) ऐनको अधिनमा रहीे सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थामा काम गर्ने अपाङ्ग कर्मचारी र अन्य कर्मचारी बीच पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरुका सम्बन्धमा कुनै किसिमको भेदभाव गरिने छैन। 
 

आयकर छुट दिइने 


१) अपाङ्गलाई रोजगारी दिने कारखानालाई सो कारखानाले अपाङ्गलाई प्रदान गरेको तलब, भत्ता वा अन्य कुनै सुविधा वा सहुलियतको अंकमा प्रचलित कानूनको प्रक्रिया पु¥याई पूर्ण रुपले आयकर छुट दिइने छ। 
२) कुनै कारखानामा अपाङ्गलाई नियुक्त गर्न आफ्नो कारखानाको यन्त्रमा गरिएका विशेष अदल बदल वा जडान गरिएका पार्टपूर्जाहरुका वाफत भएको खर्चको अंकमा प्रचलित कानूनको प्रक्रिया पु¥याउनेलाई पूर्ण रुपले आयकर छुट दिइनेछ। 
 

अपाङ्ग सेवा कोषको व्यवस्था


१) अपाङ्गको शिक्षा, तालीम, स्वास्थ्योपचार र पुनस्र्थापना कार्यको लागि सरकारले एउटा अपाङ्ग सेवा कोषको स्थापना गर्न सक्नेछ र उक्त कोषको देहाय बमोजिमको रकमहरु रहनेछन। 
क) श्री ५ को सरकारबाट प्राप्त रकम। 
ख) कुनै व्यक्ति संघ संस्थाबाट प्राप्त दान, उपहार, चन्दा, सहयोग आदिको रकम। 
ग) अन्य कुनै श्रोतबाट प्राप्त रकम। 
२) अपाङ्ग सेवा कोषको नाममा जम्मा रहेको रकम नेपाल अधिराज्यभरको कुनै बैकमा खाता खोली राखिनेछ। 
३) अपाङ्ग सेवा कोषको खाताको संचालन र तत.सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ। 

कानूनी सुविधा

 कुनै अपाङ्गले मुद्दा मामिलाको सुनुवाईको क्रममा कुनै किसिमको कानूनी सुविधा लिन चाहेमा निजलाई सरकारबाट नियुक्त वकिल मार्पmत आवश्यक कानूनी सेवा उपलब्ध गराइने छ। 

जग्गा आवादीको लागि शर्त बन्देज ऐनको दफा १० उप–दफा (१) बमोजिम घर बास वा कृषि प्रयोजनका लागि अपाङ्गलाई उपलब्ध गराउने जग्गा बेचखिन गर्न नपाईने शर्तमा उपलब्ध गराउन सकिने छ। 
अधिकार प्रत्यायोजन  

मन्त्रालयले यस नियमावली बमोजिम आपूmलाई प्राप्त अधिकार मध्ये सबै वा केही अधिकार प्रचलित कानून बमोजिम स्थापित कुनै संघ संस्थामा वा मातहतका निकायका पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
 


 

More form the Internet

loading...