Suvadin, Home

निक्की २ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

भ्याली भ्यू इङ्ग्लिस बाेर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत निक्की बानेश्वरस्थित मिलन चोकबाट हराएको उनको परिवारले बताएको हो। हल्का गहुँगोरो वर्णकी, चस्मा लगाउने निक्की निलाे पेन्टमा राताे मिक्स चेक टिसर्ट लगाएर घरबाट केही नभनी निस्केर गएको परिवारले बताएको छ।
निक्की पराजुली।

काठमाडौं, असार ५ – काठमाडाैं निवासी १६ वर्षीया किशोरी निक्की पराजुली यही असार ३ गतेबाट हराएकी छिन्।

भ्याली भ्यू इङ्ग्लिस बाेर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत निक्की बानेश्वरस्थित मिलन चोकबाट हराएको उनको परिवारले बताएको हो।

हल्का गहुँगोरो वर्णकी, चस्मा लगाउने निक्की निलाे पेन्टमा राताे मिक्स चेक टिसर्ट लगाएर हाेस्टलबाट केही नभनी निस्केर गएको परिवारले बताएको छ।

उनी अाजसम्म पनि घर नफर्केकी र कहाँ कस्तो हालतमा छिन् भन्ने केही जानकारी प्राप्त भएको छैन।

निक्की लार्इ भेट्नु वा देख्नुहुने महानुभावले नजिकैकाे प्रहरी कार्यालयमा खबर गरिदिन अनुराेध गरेका छन्।


 

More form the Internet

loading...