Suvadin, Home

निर्मला बलात्कार र हत्या प्रकरणः फेरि शुरु भयो न्यायको आन्दोलन

नागरिक संघर्ष समितिले शनिबार महेन्द्रनगरको मदन चोकमा उच्च स्तरीय छानबिन समितीको प्रतिवेदन तत्काल सार्वजनिक गरिनु पर्ने माग राख्दै रिले अनसन शुरु गरेका छन्। नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले घटना भएको दुई महिना बितिसक्दा पनि वास्तविक हत्यारा पहिचान नभएकाले बाध्य भएर पुनः आन्दोलन थालेको बताइन्। 

मदन गिरी, महेन्द्रनगर, १७ असोज – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको छानबिनका लागी गठन गरिएको उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सर्वजनिक गर्न सरकारले ढिलाई गरेको भन्दै कञ्चनपुरमा फेरी आन्दोलनको तयारी गरिएको छ। 

निर्मलाको न्यायका लागी गठित नागरिक संघर्ष समितिको अगुवाईमा महेन्द्रनगरमा पुनः आन्दोलनको तयारी थालीएको हो। सरकारले प्रतिवेदन सार्वजनीक गर्नमा ढिलाई गरेको भन्दै संघर्ष समितिले तत्काल प्रतिवेदन सार्वजनीक गर्न माग गर्दै आन्दोन थालेको अधिकारकर्मीहरुले बताएका छन्। 

नागरिक संघर्ष समितिले शनिबार महेन्द्रनगरको मदन चोकमा उच्च स्तरीय छानबिन समितीको प्रतिवेदन तत्काल सार्वजनिक गरिनु पर्ने माग राख्दै रिले अनसन शुरु गरेका छन्। नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले घटना भएको दुई महिना बितिसक्दा पनि वास्तविक हत्यारा पहिचान नभएकाले बाध्य भएर पुनः आन्दोलन थालेको बताइन्। 

सरकारलाई दबाब दिन निरन्तर रिले अनसन शुरु गरेको बताउँदै संयोजक भण्डारीले भनिन्, ‘प्रतिवेदन सार्वजनिक थप नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ।’ त्यस्तै अर्की महिला अधिकारकर्मी माया नेगीले सरकारले नै दोषिलाई संरक्षण दिइराखेको आरोप लगाएकी लगाइन्। उनले सरकारको लार्पवाही र ढिलासुस्तीका कारण घटना तोडमोड गरिएको बताइन्। 

त्यस्तै निर्मलाको न्यायका लगी गठिट हेनल श्रेष्ठ नेतृत्वको दवाव मुलक संघर्ष समितिल पनि  चरणबद्ध अन्देलनका कार्यक्रम तय गरेको छ। समितिले शनिबार मेहन्द्रनगरमा सर्वपक्षिय तथा सर्वदलीय छलफल गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

उद्योग वाणिज्य संघको सभा हलमा समितिद्धारा आयोजित छलफल कार्यक्रमका सहभागीले निर्मला हत्याकाण्डमा प्रहरीसँगै सरकार पनि चुकेको बताएका छन्। दुईतिहाईका आडमा सरकारले निर्मला हत्या काण्डका दोषीलाई उन्मुक्ति दिन खोजेको उनिहरुको आरोप छ। 

सरकारकै कमजोरीका कारण वास्तविक हत्यारा खुलेआम घुमिरहेकोमा आक्रोस पोख्दैँ  दबाब मुलक संर्घष समितिकी संयोजक हेलन श्रेष्ठले भनिन्, ‘आइतबारबाट राष्ट्रिय झण्डासहित दवावमुलक संघर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गर्छौँ।’  

चरणबद्ध आन्दोलन अन्तरगत आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र निर्मलाका हत्याकाण्डबारे उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने उनको भनाई छ। 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको सत्यतथ्य छानबिनको माग राख्दैँ स्थानीय आन्दोलीत बन्दै आएका छन। सरकारले उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छैन्। निर्मला हत्याकाण्डको सत्यतथ्य छानबिनका लागी सरकारले गत भदौ ७ गते गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा समिति गठन गरेको थियो। 

साघुरिदैँ अनुसन्धान

निर्मला हत्याकाण्ड झन–झन रहस्यमयी बन्दै गईरहेको भन्दै आम चासो बढीरहेको बेला प्रहरीले अनुसन्धान साघुरिदैँ गएको बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धान साघुरिदैँ गएको बताए। 

उनले प्रहरीले घटनाको सत्यतथ्य चाँडो भन्दा चाँडो पत्ता लगाउन लागी परेको बताए। घटनाको बारेमा सुक्ष्म तरिकाले अनुसन्धान भईरहको बताउँदै एसपी कडायतले भने, ‘हत्याकाण्डबारे अनुसन्धान सुघुरिदैँ गएको छ, दोषी केहिलेसम्म फेला पर्छ त्यो भन्न सहिदैँन्।’


 

More form the Internet

loading...