Suvadin, Home

गायक निशान भट्टराईको मृत्यु

काठमाडौं । कार दुर्घटनामा परेर गायक निशान भट्टराईको मृत्यु भएको छ । 

गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार गायक भट्टराई आफैैंले कार चलाएका थिए । उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो ।

गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती...’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । 

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए । 

गायक निशान भट्टराई ०४६ सालमा पनि ठूलो दुर्घटनामा परेका थिए । उनी गायिका लोचन भट्टराईका भाइ हुन् ।   


 

More form the Internet

loading...