Suvadin, Home

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उता महासचिवमा शर्माले बिहीबार साँझ अल्डरसटमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

पन्तले लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नेपालको समृद्धि, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने लगायतका २० बुँदे प्रतिवद्धताका साथ उम्मेदवारी घोषणा गरेका छन् ।

उनले अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिश भुपू गोर्खा सैनिकको माग सम्बोधन गर्न पहल गर्ने समेत प्रतिवद्दता सेमत व्यक्त गरे । 

उता महासचिवमा उम्मेदवार शर्माले अग्रजहरूको सल्लाहपछि एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाएका थिए । उनी गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक पनि हुन् ।

गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।


 

More form the Internet

loading...