Suvadin, Home

निर्वाचन विशेषः
विजयी सभाबाट फर्किदा दुर्घटनामा परी युवकको मृत्यु

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि निकालिएको विजयी र्यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

नुवाकोट, मंसिर २५ – नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ। 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि निकालिएको विजयी र्यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

श्रेष्ठले चलाएको बा २८ प २१९४ नंम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिएका छन्। 

शव पोष्टमाटमको लागि जिल्ला अस्पतालमा ल्याइँदै गरेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ। 


 

More form the Internet

loading...