Suvadin, Home
Citizen Bank 438.1k

Cover Image

सुदूरपश्चिम प्रदेश : हिउँदे अधिवेशन माघ ४ मा

सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरेको जानकारी पनि दिए।

डोटी, २७ पुस – सुदूरपश्चिम सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते अपराह्न २ बजे बस्नका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गरेको छ। 

सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरेको जानकारी पनि दिए।

प्रादेशिक वातावरण संरक्षण व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले बताए। 

माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ। 


 

More form the Internet

loading...