Suvadin, Home

टापुमा खरिद गरे ओबामाले घर, मूल्य कति ?

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा १ करोड बढी मूल्यको नयाँ घर खरिद गरेका छन् ।

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा १ करोड बढी मूल्यको नयाँ घर खरिद गरेका छन् ।

मासाचुसेट्स राज्यस्थिट टापुमा घर खरिद गर्न ओबामाले १ करोड २० लाख अमेरिकी डलर तिरेका हुन् । 

यसको नेपाली मूल्य एक अर्ब ३५ करोड ८५ लाख १८ हजार ८ सय रुपैयाँ हुन आउँछ ।

ओबामाको नयाँ घर ७ हजार स्क्वायर फिटमा फैलिएको छ जहाँ ७ वटा बेडरुम छन् ।

भाइनयार्ड गजेटले उल्लेख गरेको अनुसार यस टापुलाई विदाको समय बिताउने चर्चित गन्तव्यको रुपमा लिइन्छ ।

यसअघि गर्मी समयमा ओबामा परिवारले कैयौंपटक यस टापुमा आएर विदा मनाएका थिए ।


 

More form the Internet

loading...