Suvadin, Home

बिपि राजमार्गमा अवरूद्ध सडक सुचारू

महाभारत क्षेत्रमा परेकाे अविरल वर्षाका कारण नार्के, मङ्गलटार लगायत क्षेत्रमा माथिबाट खसेका लेदाेले बाटाे अवरूद्ध हुँदा करिब ४ घन्टा थुप्रै गाडीहरु फसेका थिए। एक यात्रुका अनुसार, 'सेना र प्रहरीको पहलले फसेका गाडी जेनतेन निकालियो। भारी बर्खा हुँदा माथीबाट यो सडकमा पहिरो फेरि खस्न सक्ने सम्भावना छ। यात्रा गर्दा सजग हुन जरुरी देखिन्छ।'

काठमाडाैं, १३ साउन – बिपि राजमार्गमा हिजो परेको अविरल वर्षाले गर्दा सडक अवरोद्ध भएको छ। र, सडकको विभिन्न भागमा पहिरो समेत खसेको छ।

बिपि राजमार्गमा पोहिरो सँगै झरेको लेदो माटोले केहि साना गाडी फसेको भएपनि मानवीय कुनै क्षति भने भएको छैन्। पहिरोले अवरूद्ध सडक एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ।

महाभारत क्षेत्रमा परेकाे अविरल वर्षाका कारण नार्के, मङ्गलटार लगायत क्षेत्रमा माथिबाट खसेका लेदाेले बाटाे अवरूद्ध हुँदा करिब ४ घन्टा थुप्रै गाडीहरु फसेका थिए। एक यात्रुका अनुसार, 'सेना र प्रहरीको पहलले फसेका गाडी जेनतेन निकालियो। भारी बर्खा हुँदा माथीबाट यो सडकमा पहिरो फेरि खस्न सक्ने सम्भावना छ। यात्रा गर्दा सजग हुन जरुरी देखिन्छ।'

पहिरो सफा गरेर एकतर्फी गाडी खुलेपछि आजै सिन्धुली आएका अर्का स्थानीय यात्रुका अनुसार माथि खनिएको अस्थार्इ बाटोको माटो भारी वर्षले तल झर्दा यस्तो अवस्था आएको हो। उनले भने 'ठुलो पानी पर्दा पहिरो फेरि खस्ने सम्भावना भने छ।'

यसैबीच दुम्जाकाे घ्याम्पेखाेलाले माेटरसाइल सहित मान्छे बगाएकाे छ। बगेका मान्छे र माेटरसाइकललार्इ राेशीखाेलाबाट स्थानीय युवाले उद्धार गरेका थिए। यता बिपि राजमार्गकै पिपलभञ्जयाङमा हायस र कार ठोकिँदा ७ जना घाइते भए। राजमार्गमा यात्रा गर्ने कयौं यात्रुहरुले सास्ती बेहोर्नु पर्यो।


 

More form the Internet

loading...