Suvadin, Home

भ्यानको ठक्करबाट १ जनाको मृत्यु

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नम्बरको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आइतबार बिहान ठक्कर दिई घाइते भएकामा उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छिन्चुमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिएका छन्।

सुर्खेत, फागुन २७ – भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आइतबर ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नम्बरको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आइतबार बिहान ठक्कर दिई घाइते भएकामा उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छिन्चुमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिएका छन्।

ठक्कर दिने भ्यानका चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका निवासी २९ वर्षीय उमेश पन्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...