Suvadin, Home

१६ जनालाई नेपाल फर्काएका एक साता नबित्दै अर्की एक युवतीको उद्दार

युवतीका अनुसार जीवन मगर नामक दलालले खाडी मुलुकमा रोजगारी दिलाउने प्रलोभनमा उनलाई दिल्ली बोलाएको हो। आर्थिक अवस्था कमजोर भएका कारण घरमा लाउन–खान पनि समस्या रहेकाले आफू दलालको सम्पर्कमा आउन बाध्य भएको उनको भनाई छ। आफूलाई नाकामा समस्या हुने भन्दै भारतको दार्जीलिङस्थित बागडोग्रा हुँदै विमानमार्फत दिल्ली बोलाइएको उनले बताएकी छन्। विमानको टिकट गरिदिएर पारिवारिक सदस्यकै साथमा दार्जीलिङको बागडोग्रा विमानस्थलमा बोलाएको उनले बताएकी छन्।
उद्दार गरिएकी युवती।

इन्द्रकमल जैरु, दिल्ली, १५ साउन – अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै गर्दा फेरि तेश्रो मुलुक पुठाउन लागेकी एउटी नेपाली युवतीलाई दिल्लीबाट उद्दार गरिएको छ। 

भारतको  राजधानी दिल्लीबाट १५ नेपाली महिलाहरुको उद्दार गरिएको केही दिन हुन नपाउँदै फेरि युवतीलाई दलालको शिकार बन्नु अघि उद्दार गरिएको हो।

दलालको निर्देशन अनुसार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी ठोकसिला वडा नम्बर–२, उदयपुरकी २० वर्षीया युवतीलाई हेल्प नेपाली मिशन संस्थाले उद्दार गरेको हो।

युवतीका अनुसार जीवन मगर नामक दलालले खाडी मुलुकमा रोजगारी दिलाउने प्रलोभनमा उनलाई दिल्ली बोलाएको हो। आर्थिक अवस्था कमजोर भएका कारण घरमा लाउन–खान पनि समस्या रहेकाले आफू दलालको सम्पर्कमा आउन बाध्य भएको उनको भनाई छ।

आफूलाई नाकामा समस्या हुने भन्दै भारतको दार्जीलिङस्थित बागडोग्रा हुँदै विमानमार्फत दिल्ली बोलाइएको उनले बताएकी छन्। विमानको टिकट गरिदिएर पारिवारिक सदस्यकै साथमा दार्जीलिङको बागडोग्रा विमानस्थलमा बोलाएको उनले बताएकी छन्। 

केबल दलालको फोन सम्पर्कमै दिल्ली पुगेपछि आफूसँग फोन गर्नलाई पैसा नभएकाले उनी अलपत्र परेकी थिइन्। त्यही समयमा नेपाली भाषामा फोनमा कुरा गरिरहेका कालिम्पोङका कृष्ण शर्मालाई दलालको नम्बर दिएर फोनमा कुरा गराइदिन भनिन्।

दलालसँग कुरा गर्दा आफू प्रहरीको मान्छे हो, तिम्रो मान्छे मसँग छ, छिटो लिन आउभन्दा दलाल नआएपछि शंका लागेको कृष्ण शर्माले बताएका छन्।

नेपाली भएका कारण पनि त्यहाँ एक्लै अलपत्र छोड्न नसकेर मानव बेचबिखनविरुद्ध काम गर्दै आएको हेल्प नेपाली मिशन संस्थाका अध्यक्ष कवि कार्कीको जिम्मा लगाएको कृष्ण शर्मा बताउँछन्। उक्त फोन कलपछि दलालले कयौं पटक युवतीलाई छोड्न धम्की दिएको कृष्ण शर्माले बताएका छन्।

त्यही हेल्प नेपाली मिशनका अध्यक्ष कवि कार्कीले गरिबीका कारण युवती दलालको सम्पर्कमा आएको र समयमै युवती दलालको सम्पर्कमा जानु अघि आफूहरुले भेटाएकाले नेपाल फर्काउने अवस्थामा पुगेको बताए।

उनले उद्दार गरिएकी महिलालाई दिल्लीस्थित नेपाली राजदूताबासको जिम्मा लगाएर फिर्ता पठाउने प्रक्रिया शुरु गरेको जानकारी दिए। दूताबासले युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संगठन शक्ति समूहको रोहबरमा नेपाल पठाउन लागेको समेत बताएका छन्। 

युवती यसअघि पनि दलालकै माध्यमबाट कुवेत गएर आएकी थिइन्। पहिलो पटक कुवेत जाँदा घरको काममा लगाइएको र काम धेरै गर्नुपर्ने, परिवारका सदस्यले कुटपिट गर्ने र तलब पनि नदिने गरेपछि काम छोडेर फर्किएको उनको भनाई छ। घरको समस्या देखेर फेरि दलालका माध्यमबाट विदेश जान खोजेको उनले बताएकी छन्।


 

More form the Internet

loading...