Suvadin, Home

गम्भीर घाइते भएका अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवन मेडिकल कलेजमा उपचारका क्रममा साेमबार बिहान १० बजेर १५ मिनेट बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन्।
प्रतिकात्मक तस्वीर

चितवन, फागुन ७ – चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको साेमबार उपचारका क्रममा मृत्यु भएको छ। 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा साेमबार बिहान १० बजेर १५ मिनेट बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन्। 

गएराति साढे ८ बजे भएको उक्त दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो। 

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...