Suvadin, Home

लिबियामा विद्रोहीले गरेको आक्रमणमा परी एक नेपालीको मृत्यु, आठ जनालाई नेपाल पठाइएयो

काठमाडौं । लिबियाको आप्रवासी शिविरमा भएको आक्रमणमा परी एक जना नेपालीले ज्यान गुमाएका छन् । बुधबार भएको आक्रमणमा मारिनेमा  नेपाली नागरिक सन्तोष श्रेष्ठ भएको इजिप्टको कायरोस्थित दूतावासले जनाए छ ।

उनी नेपालमा कुन स्थानका हुन भन्ने चाहिँ खुलेको छैन । आठजना नेपालीलाई भने टर्की हुँदै नेपाल पठाइएको दूतावासले जनाएको छ । सो घटनामा मारिने आप्रवासीको संख्या ४४ पुगेको छ । आक्रमण विद्रोही समूहले गरेको हो । लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपाली पनि संलग्न रहेका छन् । 

संयुक्त राष्ट्र संघले आप्रवासीलाई हिरासत केन्द्रमा भएको आक्रमणलाई युद्ध अपराध मानिने चेतावनी दिएको छ ।सो घटनामा करिब एक सय ३० मानिस घाइते भएका छन् । सो घटना विद्रोही जनरल खालिफा हफ्टरको समूहले गराएको लिबियाको सरकारले आरोप लगाएको छ । मारिएका अन्य आप्रवासी भने धेरैजसो सबसहारा क्षेत्रका रहेका छन् । सो घटनाको संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का प्रमुख मिचेल बाचेलेटले पनि आलोचना गरेकी छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले सो घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने जनाएका छन् ।  यसै विषयमा छलफल गर्न बुधबार अबेर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक डाकिएको थियो ।  सो आक्रमणलाई निन्दा गर्ने बारेमा सहमतिमा पुग्न बैठक नसकेको बताइएको छ । कुनै वक्तव्य जारी नगरी बैठक सकिएको थियो । 

लिबियाका नेता मोउमार गद्धाफीको मृत्युपछि सन् २०११ पछि लिबिया द्वन्द्वमा रहेको छ । घटनास्थलमा सबैतिर रगतैरगत भएको बीबीसीले जनाएको छ । 
 


 

More form the Internet

loading...