निर्मला प्रकरणमा संलग्न रहेको अाशंकामा काठमाडौंबाट एक युवक पक्राउ

काठमाडाैं, २० मंसिर – कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।
स्रोतका अनुसार पक्राउ पर्ने युवा निर्मलाको गाँउका हुन्। तर, प्रहरीले त्यी युवाको नाम भने खुलाएको छैन। उनी घटना भएको बेला गाँउमै रहेको र उनको गतिविधिका समेत शंकास्पद देखिएको आधारमा उनी संलग्न हुनसक्ने भन्दै सिआइबीले त्यी युवालार्इ पक्राउ गरेको हो।