Suvadin, Home

बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ।
सांकेतिक तस्वीर

राजापुर, ३ मंसिर – पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ। 

कालीकोटबाट टीकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थी निर्मला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरीले जनकारी दिएको छ। 
 


 

More form the Internet

loading...