Suvadin, Home

Cover Image

मालपोतमा अनलाइन सेवा, बिचौलियाबाट बचे सेवाग्राही 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सञ्जालमा समेटेको छ।२०७२ साउन २४ गते कलंकीबाट सेवा सुरु गरिएको थियो। अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको हो।
मालपाेत कार्यालयका कर्मचारी।

काठमाडौं, वैशाख २९–भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सञ्जालमा समेटेको छ।

२०७२ साउन २४ गते कलंकीबाट सेवा सुरु गरिएको थियो। अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको हो।
मन्त्रालयका अनुसार कलंकी, डिल्लीबजार, चाबहिल, ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ, बाँके, चनौली, खैरहनी, माडी, लेखनाथ र शिखरकोटमा अनलाइन सेवा उपलब्ध गराइएको छ। 

भूमिसुधार तथा व्यवस्था विभागका अधिकृत डम्बर सुनुवारका अनुसार २०७० मा एसियाली विकास बैंकले सफ्टवेयर निर्माणका लागि करिब १३ करोड सहयोग उपलब्ध गराएको थियो। 

अनलाइन सेवाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा लिन सहज हुने तथा कारोबार पारदर्शी हुने र मालपोत कार्यालयमा विचौलियाले उपभोक्तालाई ठग्न नपाउने बताइएको छ। सो सेवाबाट कस्को कहाँ, के कति जग्गा जमिन छ त्यसको अभिलेख राखिन्छ। आगामी दिनमा नयाँ संरचनाअनुसार सात प्रदेशमा भूमिसुधारका क्षेत्रलाई व्यवस्थित गरिनेछ। रासस
 


 

More form the Internet

loading...