Suvadin, Home

काठमाडौँ र चितवनमा सडक दुर्घटना, दुई जनाको मृत्यु

 

काठमाडौं, पुस ६ (शुभदिन)
काठमाडौं र चितवनमा भएका छुट्टा–छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वर औषधि व्यवस्था विभागको कार्यालय अगाडि भएको दुर्घटनामा थापागाउँ बस्ने १४ वर्षीय सुमन राईको उपचारको क्रममा मृत्यु भएको हो ।

बा.७३प. ७४४२ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको मिनी ट्रकले मंगलबार ३ जना पैदलयात्रीलाई विभागको कार्यालय अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते अन्य दुई जनालाई निजामती अस्पताल मिनभवन पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र फरार चालकको खोजी भइरहेको छ ।

यसैगरी, चितवनको रत्ननगरमा–३ मा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम सडकमार्गमा ना.४ ख. ९१३२ नम्बरको ट्रकसँग ना.४२ प. ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा खैरनीका २४ वर्षीय सागर सापकोटाको मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    

 


 

More form the Internet

loading...