Suvadin, Home

विद्यार्थीले बाइक र स्कुटर चलाउन नपाउने, यस्ताे अायाे नयाँ नियम

बीस वर्षभन्दा पुराना सवारी साधन सञ्चालन नगर्ने, सवारी चालक र सहचालकले गाढा निलो रंगको पोशाक अनिवार्य लगाउनु पर्ने सहमति भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले यस्ता सवारी साधनलाई एम्बुलेन्स सरह प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन गर्ने सहमति भएको बताएका छन्। 

काठमाडाैं, ४ पुस – चितवन जिल्लामा निजी विद्यालयका सवारी साधनमा एकरूपता ल्याउन गाडीकाे रंग सुन्तला–पहेँलो बनाइने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय (प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) बीच मंगलबार भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी विद्यालयका सबै सवारी साधनमा एउटै रंग बनाउने उल्लेख गरिएकाे छ। 

बीस वर्षभन्दा पुराना सवारी साधन सञ्चालन नगर्ने, सवारी चालक र सहचालकले गाढा निलो रंगको पोशाक अनिवार्य लगाउनु पर्ने सहमति भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले यस्ता सवारी साधनलाई एम्बुलेन्स सरह प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन गर्ने सहमति भएको बताएका छन्। 

पन्तले सवारी चालक र सहचालकले सवारी चलाएको समयमा मादक पदार्थ र सूर्तीजन्य पदार्थ सेवन गर्न नपाउने, मोबाइल फोनमा कुरा गर्न नपाउने, कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय पोशाकमा मोटरसाइकल र स्कुटी चलाउन नदिइने र विद्यार्थीलाई सवारी नियम र ट्राफिक ज्ञान दिइने पनि सहमति भएको जानकारी दिएका छन्। 

जिल्लामा ३०० भन्दा बढी निजी विद्यालयका सवारी साधन रहेका छन्। सहमतिमा प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताललगायतको हस्ताक्षर रहेको छ।


 

More form the Internet

loading...