Suvadin, Home

Cover Image

गोरु जुधाउने पर्व
यस वर्ष ४७ हल गोरु जुधाइँने

नुवाकोटको बेत्रावती, र तारुकामा मात्रै मनाइँदै आएको यो पर्व यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटमा पनि गोरु जुधाइने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।

नुवाकोट, २८ पुस – नुवाकोटको तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइँने भएको छ।

रसुवा नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नुवाकोटमा यसवर्ष ४७ हल गोरु जुधाउने बताएको हो।

नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८ , घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउनका लागि दर्ता भएको समाजले जानकारी दिएको छ।

नुवाकोटको बेत्रावती, र तारुकामा मात्रै मनाइँदै आएको यो पर्व यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटमा पनि गोरु जुधाइने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।

गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम पनि यसै वर्षदेखि थप गरिएको आयोजकले जनाएको छ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ। प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था तथा विजेता÷उपविजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ। 
 


 

More form the Internet

loading...