Suvadin, Home


अवरुद्ध बाटो चार महिनापछि सञ्चालन

पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ। गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो। 
फाइल फोटो।

पाल्पा, कात्तिक ६ –पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ। गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो। 

बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङलगायतका गाउँका करिब ३०० घरधुरीका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। 

विभिन्न ठाउँठाउँमा पहिरो गई बाटोको जगै भत्किएपछि यातायातका साधनसमेत ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको थियो । स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएपछि अहिले नियमितरुपमा सवारीसाधन सञ्चालन भएको उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताए। 

बाटो मर्मतका लागि रु पाँच लाख रकम विनियोजन गरेर बाटो सञ्चालनमा ल्याइएको वडा अध्यक्ष उमानसिं सारुले बताए। उनका अनुसार अवरुद्ध बनेका वडाका सबै बाटो मर्मत सम्भार गरेर अहिले सञ्चालन भएको छ। 

यहाँ बाटो सञ्चालन भएपछि वडा कार्यालयसम्म आउन जानसमेत सुविधा पुगेको छ। गएको असार २० गते यस खण्डमा पहिरोमा पुरिएर एक जनाको पुरिएर मृत्युसमेत भएको थियो। रासस


 

More form the Internet

loading...