Suvadin, Home

Cover Image

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु

काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।  

गजुरी प्रहरीका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तीनजना पुरुष र एकजना महिला भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।


 

More form the Internet

loading...