Suvadin, Home

पाथीभरा मन्दिरः धार्मिक पर्यटनकाे अनुपम गन्तव्य

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको पाथीभरा र कञ्चनजंघा क्षेत्रलाई विश्वमा चिनाउन र पर्यटनमा नयाँ आयाम थप्न ताप्लेजुङबासी जुट्ने गरेकाे छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार प्रत्येक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाख तीर्थयात्री पाथीभरा आउने गर्छन्। 

ताप्लेजुङ, माघ २६ – पूर्वकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरा मन्दिर। मनाेरम प्राकृतिक दृष्य र अनुपम धार्मिक तीर्थस्थलका रुपमा पाथीभरा देवीलार्इ लिइन्छ। 

याे क्षेत्र जैविक विविधता र धार्मिक हिसाबले मुलुककै राम्राे पर्यटकीय गन्तव्य हो।

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको पाथीभरा र कञ्चनजंघा क्षेत्रलाई विश्वमा चिनाउन र पर्यटनमा नयाँ आयाम थप्न ताप्लेजुङबासी जुट्ने गरेकाे छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार प्रत्येक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाख तीर्थयात्री पाथीभरा आउने गर्छन्। 

सदरमुकाम फुङलिङबाट २३ किलोमिटरको दूरीमा रहेको पाथीभरा मन्दिरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, मकालु, ल्होत्से, कुम्भकर्णलगायत हिमाल तथा भारतको सिक्किमका अधिकांश भू–भागको अवलोकन गर्न सकिन्छ।

उक्त क्षेत्रमा रेडपाण्डा, डाँफेजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुंगी र वनस्पति पाइन्छन्। २८ प्रजातिका लालीगुराँस, १०० भन्दा बढी प्रजातिको सुनाखरी पाइन्छ। 

पर्यटक अाकर्षित गर्न महाेत्सव 

ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ। 

जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न आगामी फागुन १ देखि ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो। 

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्तरुपमा महोत्सवको आयोजना गर्न लागेका हुन्।

महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवको मुख्य प्रायोजकमा हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन्।


 

More form the Internet

loading...