Suvadin, Home

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी रोकिएपछि तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। इन्धन ढुवानीकर्ता आफ्ना सेवासुविधा बढाउनुपर्ने माग राख्दै ढुवानी ठप्प पार्दा मुलुकका कतिपय स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिन थालिसकेको छ। उपत्यकाको अधिकांश पेट्रोल पम्पहरू पनि तेलको अभावले बन्द गरिएको छ।  

काठमाडौं, ५ असोज – विगत तीन दिनदेखि इन्धन ठप्प पारेर इन्धन ढुवानीकर्ता तथा चालकको आन्दोलमा उत्रिएपछि उपत्यकामा तेलको अभाव भएको छ। ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका हुन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी रोकिएपछि तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। इन्धन ढुवानीकर्ता आफ्ना सेवासुविधा बढाउनुपर्ने माग राख्दै ढुवानी ठप्प पार्दा मुलुकका कतिपय स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिन थालिसकेको छ। उपत्यकाको अधिकांश पेट्रोल पम्पहरू पनि तेलको अभावले बन्द गरिएको छ।  

निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गर्ने सूचना प्रकाशित गरेको छ। 

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ।


 

More form the Internet

loading...