Suvadin, Home

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१ वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिंह ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। 
फाइल फाेटाे

धनगढी, ७ माघ – कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ।

घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१ वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिंह ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। 

शनिबार साँझ अत्तरियामा जारी रहेको महोत्सव सकिएलगत्तै पुरानो रिसइवीका कारण ऐर लगायत तीन–चार जनाको समूहले मृतक भट्टको समूहमाथि धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आक्रमणबाट घाइते भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो।


 

More form the Internet

loading...