Suvadin, Home

भूकम्पपीडितलार्इ सहयाेग जुटाउन फिलिपिन्समा चित्रकला प्रदर्शनी

चित्रकला बिक्रीबाट संकलन भएको रकम नेपालका भूकम्पपीडितको सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको छ। योङ पिकासो एक सामुदायिक चित्रकला विद्यालय हो।
प्रदर्शनीमा राखिएकाे चित्र।

ललितपुर, पुस ९ –  ललितपुरको योङ पिकासोको आयोजनामा फिलिपिन्सको गजमान स्ट्रिटस्थित मंगलदान नेशनल हाइस्कुलमा नेपाली कलाकारहरुद्वारा सामूहिक चित्रकला प्रदर्शनी गरिने भएको छ। उक्त प्रदर्शनी मंगलबारदेखि बिहीबारसम्म तीन दिन सञ्चालन हुने छ।

उक्त चित्रकला प्रदर्शनीमा अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा तयार पारिएका चित्रहरु राखिने छन्।

चित्रकला बिक्रीबाट संकलन भएको रकम नेपालका भूकम्पपीडितको सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको छ। योङ पिकासो एक सामुदायिक चित्रकला विद्यालय हो।


 

More form the Internet

loading...