Suvadin, Home
Citizen Bank 421.7k

Cover Image

युरोपको फोटोकपी काठमाडौंमा

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्राएको हो। रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीले दावी गरेको छ। 

काठमाडौं, १ चैत्र – युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्रि शुरु गरिएको छ। अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ। 

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्राएको हो। रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीले दावी गरेको छ। 

प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने कार्यक्रममा बताइएको थियो। फोटोकपी पेपर दराज अनलाइन मार्फत विक्रि गरिने जानकारी कार्यक्रममा दिइएको थियो। 

शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद  खानले मन्तव्य राखेका थिए।


 

More form the Internet

loading...