Suvadin, Home

३ वर्षीया बालिका अपहरण गर्न खोज्ने पक्राउ

बालिका अपहरण गर्न खोज्ने क्रममा सोमबार पक्राउ पर्नेमा दाङ घोराही–९ ढिकपुरका प्रयास चौधरी रहेको दाङ प्रहरीले जनाएको छ। उनले कालीकोट घर भइ हाल दाङ घोराही उप–महानगरपालिका–१४ कपासी बस्ने अस्मिता शाहीकी तीन वर्षीया छोरीलाई अपहरण गर्न खोजेका थिए।

काठमाडौं, २८ माघ – बालिका अपहरण गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बालिका अपहरण गर्न खोज्ने क्रममा सोमबार पक्राउ पर्नेमा दाङ घोराही–९ ढिकपुरका प्रयास चौधरी रहेको दाङ प्रहरीले जनाएको छ। उनले कालीकोट घर भइ हाल दाङ घोराही उप–महानगरपालिका–१४ कपासी बस्ने अस्मिता शाहीकी तीन वर्षीया छोरीलाई अपहरण गर्न खोजेका थिए।

उनलाई भाग्ने क्रममा पक्राउ गरिएको हो।  चौधरीविरुद्ध अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद मगरले जानकारी दिए।
 


 

More form the Internet

loading...