Suvadin, Home
Nepal Telecom 1.213M

गाउँपालिका अध्यक्षको घरमा जुवाको अखडा, ९ जना पक्राउ 

दाङको शान्तिनगर गाउँपालिका अध्यक्षकै घरमा जुवा खेल्ने अखडा भेटिएको छ। प्रहरीले छापा मार्दा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा खेलिरहेको रहस्य खुलेको हो।
तास।

काठमाडौं, असोज २६ – दाङको शान्तिनगर गाउँपालिका अध्यक्षकै घरमा जुवा खेल्ने अखडा भेटिएको छ। प्रहरीले छापा मार्दा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा खेलिरहेको रहस्य खुलेको हो।

अध्यक्षको घरमा लामो समयदेखि जुवा खेल्ने अखडा रहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ९ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राकेश डागी, गोविन्द बस्ने, हर्कबहादुर विष्ट,मीनबहादुर खड्का, राम चौधरी,रत्नबहादुर विष्ट, कर्णबहादुर परियार डिल्लीबहादुर वली रहेका छन्।

उनीहरुको साथबाट १६ वटा कौडा, ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डिएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए। डागी नेपाली कांग्रेसबाट निर्वाचत भएर अध्यक्ष भएका थिए। 


 

More form the Internet

loading...