Suvadin, Home

तीन उपप्रधानमन्त्री
प्रधानमन्त्रीसहित अाठ मन्त्रीद्वारा शपथग्रहण

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रधानमन्त्रीसँगै अन्य सात मन्त्रीले पनि शपथग्रहण गरेका छन्।राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोहमा देउवाले शपथग्रहण गरे लगत्तै मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे।
प्रधानमन्त्री शेरबहादुर देउवा।

काठमाडाैं, जेठ २४–नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रधानमन्त्रीसँगै अन्य सात मन्त्रीले पनि शपथग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोहमा देउवाले शपथग्रहण गरे लगत्तै मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे।

देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा तीन उपप्रधानमन्त्री रहेका छन्। विजयकुमार गच्छदार उपप्रधान तथ संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, गोपालमान श्रेष्ठ उपप्रधान तथा शिक्षामन्त्रीको रुपमा सपथ ग्रहण गरे।

ज्ञानेन्द्रबहादुर खड्का अर्थमन्त्री, फरमुल्लाहा मन्सुर श्रम तथा रोजगार, जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाहले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगरलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको छ।


 

More form the Internet

loading...