Suvadin, Home

Cover Image

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि टिचिङमा 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्। सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका हुन् । 

 ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । 

 मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको शिक्षण अस्पतालले जनाएको छ ।

 सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए । 


 

More form the Internet

loading...