Suvadin, Home

Cover Image

प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ,  'मिडियामा सम्प्रेषित अफवाहहरू निराधार' 

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य ठीक भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएको र आज बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने जनाएका छन् । 

बिहीबार बस्‍ने भनिएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको थियो । तर, बेलुका उनको स्वास्थ्यमा थप समस्या आएको र सिंगापुर लैजाने तयारी भएको भन्‍ने समाचारहरु आएका थिए । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाकार रिमालले उक्त समाचारहरुको खण्डन गरेका छन् । रिमालले ट्विटमा लेखेका छन्, "सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र बिहिबारको सचिवालय बैठक शुक्रबार बस्ने गरी स्थगित भयो ।"

 रिमालले केही  मिडियामा आएका अफवाहहरु निराधार भएको बताएका छन् । उनले थप लेखेका छन्, "यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन् । प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोलि (शुक्रबार) बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्‍न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै  चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।"

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्किएका थिए । 


 

More form the Internet

loading...