Suvadin, Home

प्रधानमन्त्रीले बालुवाटारमै आराम गर्ने भनेपछि डिस्चार्जको तयारी 

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपीशर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । 

नौ दिन अघि पेट दुखेर अस्पताल पुगेका ओलीको एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका थिए । उनले सोमबार भिडियोमार्फत आफूलाई सुधार हुँदै गइरहेको सन्देश दिएका थिए । 

चिकित्सकहरुले अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भइरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालले बताएको थियो । तर, प्रधानमन्त्री ओलीले बालुवाटारमै आराम गर्ने बताएपछि उनलाई डिस्चार्जको तयारी भइरहेको स्रोतले बताएको छ। 

स्रोतले भन्‍यो, ‘बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ, आज भरेसम्म या भोलि डिस्जार्ज गर्ने भन्ने छ तर, फाइनल भइसकेको छैन ।’

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो ।


 

More form the Internet

loading...