Suvadin, Home

Cover Image

पेस्तोल र ६ थान गोलीसहित भक्तपुरबाट एकजना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त भक्तपुरले एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 

सुराकीका आधारमा प्रहरीले सूर्यविनायक नगरपालिका-९, भातेढिकुरको सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिले बोकेको झोला खानतलासी गर्दा प्रहरीले पेस्तोल र गोलीसहित भेटेपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

खानतलासी गर्दा पेस्तोल र गोलीसहित प्रहरीले बारा जिल्ला, फेटा गाउँपालिका-३ बस्ने ४१ वर्षका शम्भु प्रसाद शाह कानुलाई पक्राउ गरेको पोखरेलले बताए । प्रहरीले शाहले कम्मरमा लुकाइ ल्याएको अवस्थामा १ राउण्ड गोली, चेम्बरमा लोड गरेको अवस्थामा रहेको कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ५ थान सहित पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका शाहलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मंगलबारै म्याद थप गरी अनुसन्धान सुरु गरेको बताइएको छ । 


 

More form the Internet

loading...